७० वर्षीया वृद्धालाई गम्भीर टाउको चोट लागेर होस गुमेको र बान्ता गरिरहेको अवस्थामा यस हस्पिटलको आकस्मिक कक्ष (ER) मा ल्याइयो। तत्काल CT स्क्यान गर्दा मस्तिष्कभित्र रगत देखियो। धेरैपटक सम्झाइबुझाइ गरेपछि मात्र परिवारले शल्यक्रिया गर्न स्वीकृति दिए। आज उहाँ बाँच्नुभएको छ र डिस्चार्जको तयारीमा हुनुहुन्छ।
विडम्बना के हो भने — हाम्रो ग्रामीण क्षेत्रमा “समय नै मस्तिष्क हो” भन्ने कुरालाई बुझाउन यति गाह्रो छ कि कतिपय मानिस अझै पनि ठूला सहरतर्फ दौडन्छन्। सोच्नुहोस्, यदि उहाँलाई विराटनगर वा काठमाडौं लाने प्रयास गरिएको भए, बाटोमै ज्यान जान सक्थ्यो।
हाम्रो आग्रह छ — देशको जुनसुकै भागमा, शहर होस् या गाउँ, जहाँ न्युरोसर्जन उपलब्ध छन्, त्यहाँ तुरुन्त उपचार लिनुस्। ठूला सहर पुग्ने हडबडिमा तपाईंले अमूल्य जीवन गुमाउन सक्नुहुन्छ। समयमै उपचार भयो भने जीवन बच्न सक्छ।
जीवन अमूल्य छ — जहाँ न्युरोसर्जन छन्, त्यहीँ उपचार लिनुहोस्। ठूला सहरको दौडले कहिल्यै कहर नबनोस्।





