नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार हाम्रो अस्पतालमा कुल उपयोगमा रहेका शैय्यामध्ये १०% शैया विपन्न, असहाय तथा बेवारिसे बिरामीहरूका लागि निःशुल्क उपचार सेवाका लागि छुट्याइएको जानकारी गराइन्छ।
यस अन्तर्गत योग्य सिफारिससहित भर्ना भएका बिरामीहरूलाई उपलब्ध शैयामा: ✅ चिकित्सक परामर्श सेवा
✅ नर्सिङ सेवा
✅ अक्सिजन सेवा
✅ एक्स-रे तथा अल्ट्रासाउण्ड सेवा
✅ केही आधारभूत प्रयोगशाला परीक्षण (CBC, Blood Sugar, Bilirubin, Creatinine आदि)
निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
थप जानकारीका लागि अस्पताल प्रशासनमा सम्पर्क गर्नुहोस्।



