Search

दुरबिन प्रबिधिद्धारा पित्त थैलीको पत्थरी अप्रेशन सफलतापूर्वक

दूरबिन प्रबिधिबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्युन रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् । अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ भने अप्रेशनको ४८ घण्टादेखि ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।

यस जानकी एकेडेमीक हस्पिटलमा अब देखि दुरबिन प्रबिधिद्धारा पित्त थैलीको पत्थरी अप्रेशन डा.अश्विनि कुमार यादव र डा.मनिष कुमार ठाकुर द्धारा सफलतापूर्वक गरियो ।

 

Share the Post:

Request Lab Report