स्पाइन सर्जरी जानकी एकेडेमीक हस्पिटल प्रा.लि.मा
यहि मिति २०८१/०२/१५ गते काे दिन डा.प्रधुम्न कुमार यादव र वहाँ काे टिम ले स्पाइनसर्जरी सफलतापुर्ण अप्रेसन गरिएकाे छ ।
अहिले सम्म यस्तो जटिल स्पाइनसर्जरी अप्रेसन धनुषा जिल्ला को जनकपुर मा पनि भएकाे छैन ।
महोत्तरीको जानकी एकेडेमीक हस्पिटलमा पहिलो पटक स्पाइनसर्जरी सेवा सुरु गरेकाे छ । स्पाइनसर्जरी सम्बन्धी सेवा महोत्तरी जिल्लामा पहिलो पटक यस हस्पिटलमा सुरु गरेकाे छ।
रामगोपालपुर नगरपालिका ९ पर्सामा अबस्थित जानकी एकेडेमीक हस्पिटल प्रा.लि ग्रामीण क्षेत्रका लागि निकै लाभदायी बन्दै अहिले स्पाइनसर्जरी सम्बन्धी समेत सेवा सुरु गरे अझ संजिवनी बन्दै गएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा महोत्तरीका पश्चिमी एवं सर्लाहीका पुर्वी क्षेत्रका ग्रामीण बासिन्दाहरुका लागि जानकी एकेडमीक संजिवनी बुटिको रुपमा स्थापित हुन थालेको हो ।




