सर्जिकल आँखा उपचार केन्द्र
आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) सञ्चालन सम्बन्धमा यस जानकी एकेडेमिक हस्पिटल प्रा.लि., रामगोपालपुर नगरपालिका–९, महोत्तरीमा नेपाल नेत्रज्योति संघ, चितवन तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहकार्यमा आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) सञ्चालन गर्न सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त भइसकेको व्यहोरा आम समुदायमा जानकारी गराइन्छ।
यस सेवा अन्तर्गत निम्न सेवाहरू उपलब्ध रहनेछन्:
👉️आँखा जाँच (Eye Check-up)
👉️मोतिबिन्दु (Cataract) पहिचान तथा शल्यक्रिया
👉️दृष्टि परीक्षण तथा चश्मा परामर्श
👉️विभिन्न आँखा रोगहरूको उपचार
👉️बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष आँखा सेवा
यस सेवाबाट स्थानीय तथा आसपासका सर्वसाधारण नागरिकलाई सहज, गुणस्तरीय र किफायती आँखा उपचार सेवा उपलब्ध हुने विश्वास लिएका छौँ।